२ कार्तिक २०८३, सोमबार

तीन मन्त्री मन्त्रालय विहिन, क–कसको खोसियो मन्त्रालय ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा) सहभागी हुने भएपछि ३ जना मन्त्रीको पद खोसिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय जसपाले पाउने टुंगाे लागेको हो । सहमित अनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था तथा सहकारी, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन तथा वातावरण मन्त्रालय पाउने छ ।

जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर महिला बालबालिका मन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाम्फेकाे मन्त्रालय खाेसिने भएकाे हाे । नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन हुने भएका छन् । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अझै पनि प्रधानमन्त्रीसँगै छ ।