२६ श्रावण २०८३, मंगलबार

मन्त्रीपरिषद् पुनर्गठन हुँदै, चार जनाबाहेक सबै मन्त्री बाहिरिने, सपथ साँझ ८ बजे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । अहिले रहेका केही मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिने छन् । नयाँ मन्त्रीहरुको सपथ आजै बेलुकी ८ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने वा जिम्मेवारी हेरफेर हुने बताइएकाे छ ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ जना मन्त्री र २ राज्यमन्त्री तथा एमालेका २ मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् ।

एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठले पाउने भएका छन् । शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।