सिईडिबी हाईड्रोपावरको आईपीओ आजदेखि दोस्रो बजारमा किनबेच हुने, कतिमा होला कारोबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिईडिबी हाईड्रोपावरको आईपीओ आजदेखि दोस्रो बजारमा किनबेच हुने, कतिमा होला कारोबार ?



काठमाडौं । सिईडिबी हाइड्रोपावर कम्पनीको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । आज बुधबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबारमा हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । नेप्सेले कम्पनीको शेयरलाई सिइएचडिसी कारोबार संकेत प्रदान गरेको छ ।

सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले बैशाख १७ गतेदेखि बैशाख २१ गते सम्म सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको थियो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणको लागि जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्