गण्डकीको बदला कर्णालीमा लिन अघि सर्यो एमाले, मुख्यमन्त्री शाही अल्पमतमा, प्रचण्डलाई लाग्यो झड्का
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री गुमाएको एमालेले कर्णालीमा पैचो ल्याउने तयारीमा लागेको छ । नेकपा एमालेका ४ सांसदलाई कारवाही फिर्ता गरेर अदालतले पुर्नबहाली गरेसंगै एमालेले मुख्यमन्त्री पाउने संभावना बढेको छ ।
मुख्यमन्त्री नेकपा माओबादी केन्द्रबाट कर्णाली प्रदेशमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहि अल्पमतमा परेका छन । माधव नेपाल पक्षका ४ सासंदको पद पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएसंगै शाही अल्पमतमा परेका हुन ।
आज सभामुखले सर्वोच्चको आदेश अनुसार एमालेका सासंदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गरेसंगै शाहिको मुख्यमन्त्री पद नै धरापमा परेको हो ।
४० जना सांसद रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहिको पक्षमा १८ सासंद रहेका छन । जसमा माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सासंद रहेकोमा राप्रपाले सरकारलाई समर्थन गरेको छैन । त्यसैगरी नेकपा एमालेसंग सभामुखसहित २० जना सासंद रहेका छन ।













