प्राइम लाइफले ल्यायो ‘शुभलाभ’ बीमा योजना - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

प्राइम लाइफले ल्यायो ‘शुभलाभ’ बीमा योजना



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आकर्षक सुविधासहित नयाँ जीवन बीमा योजना ल्याएको छ । ‘शुभलाभ जीवन बीमा योजना’ नाम दिइएको उक्त प्रडक्टसँग एकल वा आवधिक प्रिमियम भुक्तानी गरेर जोडिन सकिने छ ।

कम्पनीले यस योजनाअनुसार ४ देखि ६ प्रतिशतसम्म बोनस सुनिश्चित गरेको छ । बीमा अवधिमा दुर्घटनामा बिमितको मृत्यु भएमा बीमाङ्क रकमको २०० प्रतिशतसहित बोनस रकम फिर्ता दिने कम्पनीले जनाएको छ । यदी बीमा अवधि समात्प भएर बीमा परिपक्व भएमा कुल बीमांकको १५ देखि ३० प्रतिशत थप रकम दिइने कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्