आईपीओ जारी गर्न जीवन विकास लघुवित्तलाई बोर्डको अनुमति, १९ लाख ७७ हजार कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । प्राथमिक साधारण सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डले जिवन विकास लघुवित्तलाई अनुमति दिएको छ । बोर्डको जेठ ३० गतेको निर्णयले संस्थालाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै गत फागुन १७ गते सेबोनमा निवेदन पेश गरेको थियो ।
अब संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता सेयर आईपीओ बिक्री खुला गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटे रहेको छ ।