आइतबार नेप्सेमा भारी गिरावट ६३.२८ अंकले घट्यो, कारोबार रकम घटेर ११ अर्ब आईपुग्यो « Arthapath.com
६ असार २०७८, आईतवार

आइतबार नेप्सेमा भारी गिरावट ६३.२८ अंकले घट्यो, कारोबार रकम घटेर ११ अर्ब आईपुग्यो



काठमाडौं । साताको पहिलो दिन आज आइतबार पनि नेप्सेमा भारी गिरावट आएको छ । गत मंगलबार धितोपत्र बोर्डले ५१ कम्पनिले विभिन्न चलखेल गरी शेयर बढाएको भन्दै एक विज्ञप्ति जारी गदै जानकारी दिएको थियो । यो संगै नेप्से भारी अंकले आरोलो लाग्न थालेको छ । आज नेप्से ६३.२८ अंकले घटेको छ । नेप्से ६३ अंकले घट्दै परिसुचक २ हजार ९ सय ५.१४ अंकमा आइपुगेर बन्द भएको छ ।

नेप्से घटेसंगै आज कारोबार रकम पनि घटेको छ । आज २ सय ३१ कम्पनिको २ करोड ७३ लाख ४४ हजार ५ सय ११ कित्ता शेयर १ लाख २८ हजार २ सय ८१ पटक किनबेच हुदा ११ अर्ब ८१ करोड ९४ लाख २ हजार २ सय ८९ रुपैँयाको कारोबार भएको छ ।

आज सबै समुह घटेर राताम्मे भएको छ । सबैभन्दा धेरै जिवन बिमा समुह ३ सय १०.९४ अंकले घटेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्