मनकामना स्मार्ट लघुवित्तले अषाढ १७ गतेदेखि ३ करोड ८९ लाखको आईपीओ निष्कासन गर्ने « Arthapath.com
९ असार २०७८, बुधबार

मनकामना स्मार्ट लघुवित्तले अषाढ १७ गतेदेखि ३ करोड ८९ लाखको आईपीओ निष्कासन गर्ने



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्ने भएको छ । लघुवित्तले अषाढ १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले बुधबार सूचना जारी गर्दै अषाढ १७ गतेदेखि आईपीओ बिक्री खुला गरिने जनाएको हो ।

कम्पनीले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत अर्थात् ३ करोड ८९ लाख रुपैयाँको आईपीओ निष्कासन गर्नेछ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता सेयर निष्कसन गर्नेछ । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन पाउनेछन् । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । 

नेपाल धितोपत्र बोर्डबाट अषाढ ६ गते आइतबार संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

Manakamana-aghubitta


प्रतिक्रिया दिनुहोस्