२ कार्तिक २०८३, सोमबार

५ महिना अघि अध्यक्ष अस्वीकार गरेका खत्री अहिले सदस्य नियुक्त



काठमाडौं । राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेना नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा २५८ को उपधारा २ बमोजिम अध्यक्षमा तिमल्सेनालाई नियुक्त गरेकी हुन् ।

त्यस्तै, राष्ट्रपति भण्डारीले राष्ट्रिय समावेशी आयोगको सदस्यहरुमा मानप्रसाद खत्री र पुष्पराज तिमिल्सिनालाई नियुक्त गरेकी छन् ।

यसअघि गत मंसिर ३० गते समावेशी आयोगको सदस्यमा सिफारिस भएपनि तिमल्सेनाले नियुक्ति खान अस्वीकार गरेका थिए । त्यस्तै, गत मंसिर ३० गते समावेशी आयोगको अध्यक्षमा सिफारिस भएर शपथग्रहण नगरेका बझाङका मानप्रसाद खत्री अहिले त्यही आयोगको सदस्यमा नियुक्त भएका हुन् । एमाले नेता खत्री पूर्वसंविधानसभा सदस्य समेत हुन् ।

खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु्मेला गाविस अध्यक्ष हुँदै जिल्ला विकास समिति सभापति भएका थिए ।