एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका ४ कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । विभिन्न ४ कम्पनीको लीलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार ६ गतेदेखि लीलामीमा बिक्री खुला गरिएको एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, महिला लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक ५ लाख ४२ हजार ५७० कित्ता शेयरमा आज (असार ११ गते, शुक्रबार) आवेदन दिने अन्तिम दिन हो ।
आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ८६ हजार १९५ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो । संस्थाको शेयरको मूल्य न्यूनतम ४७७ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० हजार ६९६ कित्ता शेयर बिक्री गरेको हो । कम्पनीको उक्त शेयरको मूल्य न्यूनतम ४४४ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक ५५ हजार ५७० कित्ता शेयर बिक्री गरेको हो । कम्पनीको उक्त शेयरको मूल्य न्यूनतम ७६८ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५९ हजार ६६८ कित्ता संस्थापक शेयर बिक्री गरेको हो । कम्पनीको शेयरको मूल्य न्युनतम मूल्य ५७५ रूपैयाँ तोकिएको छ ।
महिला लघुवित्तको बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ५०० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् भने अन्य ३ कम्पनीको न्यूनतम १०० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।