फर्स्ट माइक्रोफाइनान्सले प्रतिकित्ता ३ सय ४५ रुपैयाँमा १ लाख कित्ता सेयर बिक्री गर्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले संस्थापक सेयर बिक्री गरेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १३ गते, आइतबार) देखि १ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको हो ।
कम्पनीको उक्त सेयरमा लगानीकर्ताले आजदेखि साउन १७ गते, बिहीबारसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य ३ सय ४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन्।
लगानीकर्ताले उक्त सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको सेयर विक्री बिओके क्यापिटल लिमिटेड रहेको छ ।