२६ श्रावण २०८३, मंगलबार

भोलिबाट सार्वजनिक यातायात खोल्नेगरी एक साता निषेधाज्ञा थपियो



काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात खुल्ने भएको छ । निषेधाज्ञा एक साता थप लम्ब्याउने निणर्य भए पनि अहिलेभन्दा थप खुकुलो पार्ने निणर्य भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी दुण्डिप्रसाद निरौलाले जानकारी दिएका छन् ।

निषेधाज्ञा २१ असारसम्म लम्ब्याउने भए पनि धेरै हदसम्म खुकुलो पार्न लागिएको हो । भोलिबाट खुल्ने सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने वा अन्य कुनै उपाय लगाउने भन्ने निचोड नआईसकेको उनले बताए । ५० प्रतिशत क्षमतामा सबै यातायात चल्न दिने वा २५ सीटभन्दा बढी क्षमताका ठूला बसमात्रै चलन दिनेबारे छलफल भइरहेकाे छ । अरु नै केही विकल्पमा जाने भन्ने छलफल पनि भइरहेको उनले बताए ।

सार्वजनिक यातायात खोल्ने मोडालिटी केही बेरमा टुंगिने छ । आज बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो । बाहिरी जिल्लासँगको यात्रुबाहक सवारी साधन कसरी सञ्चालन गर्ने भन्ने पनि टुंगो लागिसकेको छैन ।

कोरोना भाइरस महामारीको दोस्रो लहरसँगै गत १६ वैशाखबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राती १२ बजे सकिँदै छ ।