कृषि विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त « Arthapath.com
१५ असार २०७८, मंगलवार

कृषि विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त



कठमाडौं । कृषि विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले “ ७ वर्षे ६ अरब कृषि ऋणपत्र” का डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरिएको हो ।

उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले असार १४ गते हस्ताक्षर गरेका हुन् ।

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्