युनियन लाइफको साँढे ६४ करोडको आईपीओ २४ असारदेखी आउने « Arthapath.com
१६ असार २०७८, बुधबार

युनियन लाइफको साँढे ६४ करोडको आईपीओ २४ असारदेखी आउने



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको ६४ करोड ५० लाख कित्ता आईपीओ असार २४ गतेबाट खुला हुने भएको छ । ४ वर्ष अघि स्थापना भएको युनियन लाइफले सर्वसाधारणलाई असार २४ गतेबाट सेयर जारी गर्न लागेको हो ।

युनियन लाइफको जारी पुँजी २ अर्ब १५ करोडको ३० प्रतिशत साधारण सेयर जारी गर्न लागेको हो । ३ लाख २२ हजार ५०० कित्ताका सेयर कर्मचारीलाई छुट्याएको छ ।

कम्पनीले ३ लाख २२ हजार ५०० सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणको लागी खुलmा गर्न लागेको हो । कम्पनीको चुक्ता पुँजी अहिले एक अर्ब ५० करोड ५० लाख छ । सेयरमा सर्वसाधारणले १० कित्तादेखी ३२ हजार २ सय ५० कित्ताको लागी आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्