बीमा समितिमा धमाधम नयाँ बीमा कम्पनी दर्ता हुँदै, अझै दर्जन बीमा कम्पनी खुल्ने तयारी

काठमाडौं । अहिले नेपाली बीमा बजारमा १९ ओटा जिवन बीमा कम्पनी र २० ओटा निर्जिवन बीमा कम्पनी संचालनमा रहेको छ । ४ वर्षअघि अर्थमन्त्री कृष्णबहादुर महरा भएको बेलामा ९ ओटा जिवन बीमा कम्पनी र ३ ओटा निर्जिवन बीमा कम्पनीलाई लाइसेन्स दिइएको थियो ।
त्यसको ४ वर्षपछि फेरी नयाँ बीमा कम्पनीको लाइसेन्सको होड सुरु भएको छ । गत वर्षनै देशको अर्थतन्त्र बलियो बनाउनुपर्छ लाइसेन्समात्रै ठुलो कुरा होइन भन्ने अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमनसंगै बजारमा फेरी बीमाको लाइसेन्सको चर्चा सुरु भएको छ ।
बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईको कार्यकाल सकिनेवित्तिकै नयाँ अध्यक्षमा नियुक्त भएका सुर्याप्रसाद शिलवालले फेरी रि–इन्स्योरेन्सकाट लाइसेन्सको सुरुवात गरेका छन । बीमा बजारमा कम्पनी सस्टेन हुने भन्दा पनि लाइसेन्सकै भ्यालु देखाउने प्रचलन बढेको बीमा विज्ञहरु बताउँछन ।
१ निजी क्षेत्रको रि–इन्स्योरेन्स खुलेको १ महिना नपुग्दै करिव १ दर्जन बीमा कम्पनी बीमा समितिमा दर्ता भैसकेका छन । अहिले बीमा समितमा ४ ओटा जिवन बीमा र ३ ओटा निर्जिवन गरेर ७ ओटा कम्पनी दर्ता भैसकेको छ । अझै केही बीमा कम्पनीहरु दर्ताको तयारीमा रहेका छन ।
गत बुधबार महालक्ष्मी जनरल इन्स्योरेन्स दर्ता भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेश भट्टराईले बताए । हिमालयन रि–इन्स्योरेन्सले लाइसेन्सको लागी एलओआई पाएसंगै फेरी नयाँ बीमा कम्पनीको दौडधुप सुरु भएको छ । बजारमा अहिले झण्डै एक दर्जन बीमा कम्पनीले लाइसेन्सको तयारीमा छन ।
अहिले बीमा समितिमा नयाँ कम्पनी दर्ता भैरहेको छ । बीमा समितिले फेरी रि–इन्स्योरेन्स झै आवेदन खुल्ला गर्ने चर्चासंगै बजारमा जिवन र निर्जिवन गरी १ दर्जन कम्पनी दर्ता भएका छन । केहीले अझै दर्ता गर्ने सुरमा बसेका छन ।
अहिले बीमा समितिमा गत बुधबार महालक्ष्मी जनरल इन्स्योरेन्स दर्ता भैसकेको छ । त्यसैगरी युनि लाइफ इन्स्योरेन्स, मुक्तीनाथ लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स र शुभ लाइफ इन्स्योरेन्सले बीमा समितिमा निवेदन दर्ता भएको छ । निर्जीवन बीमा कम्पनीहरु अन्नपूर्ण इन्स्योरेन्स, अभियान इन्स्योरेन्स कम्पनी र महालक्ष्मी दर्ता भएको बीमा समिति स्ेतले बताएको छ ।