३५९७ जनाले कोरोना जिते, २८९२ जनामा कोरोना संक्रमण

काठमाडौं । बुधबार ३ हजार ५ सय ९७ जनाले कोरोना संक्रमण निको भएका छन । यो संगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा रहेका छन ।
त्यसैगरी वितेको २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ३६ हजार ९ सय १६ पुगेको छ ।
त्यसैगरी वितेको २४ घण्टामा थप ४१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार १ सय १२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना छन् ।