सामाजिक सुरक्षा कोष विरुद्ध बंगलादेश बैंकको शाखा कार्यालयका कर्मचारीले गरे विरोध

काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध नेपाल बंगलादेश बैंकका शाखाका कर्मचारी पनि विरोधमा उत्रिएका छन् । सामाजिक सुरक्षा कोषको बाध्यकारी निर्णय विरुद्ध नेपाल बंगलादेश बैंक धादिङस्थित गल्छी शाखा र काठमाडौँस्थित कपन शाखाका कर्मचारीहरूले विरोध गरेका हुन् ।
बैंकका शाखा कर्मचारीहरूले कालो ब्यानर देखाएर सामाजिक सुरक्षा कोषको विरोध गरेका हुन् । सामाजिक सुरक्षा कोष बाध्यकारी नभएर स्वेच्छिक हुनुपर्ने गल्छी शाखाका कर्मचारी केशव प्रसाद जम्कटेलले बताए ।

सामाजिक सुरक्षा कोषमा जान सरकारले बाध्यकारी बनाएको भन्दै देशभर रहेका बैंकका कर्मचारी आन्दोलित बनेका हुन् । असार १५ गतेपछि बैंकका कर्मचारीहरू दिनहुँ आन्दोलनमा उत्रिएका छन् । १ महिनादेखि सरकारले निजी बैंक तथा वित्तिय संस्थालाई अनिवार्य कोषमा आवद्ध हुन गरेको आग्रहलाई इन्कार गर्दै आन्दोलनमा उत्रिएका हुन ।