असार मसान्त आउँदै छ, यसरी गर्नुहोस् डिम्याट र मेरो शेयर नविकरण « Arthapath.com
१८ असार २०७८, शुक्रबार

असार मसान्त आउँदै छ, यसरी गर्नुहोस् डिम्याट र मेरो शेयर नविकरण



उषा रेग्मी

काठमाडौं । अहिले असारमसान्त आउनै लागेको छ । असारमसान्त लागेपछि सेयर कारोवार गर्न खोलिएको डिम्याट र मेरो शेयर खाता नविकरण गर्नुपर्ने हुन्छ । अहिले निक्षेप सदस्य (डिपि) हरुले सुचना निकाल्न थालेका छन ।

असार मसान्त नजिकिएसंगै मर्चेन्ट बैंकरहरु निक्षेप सदस्यहरुले डिम्याट र मेरो सेयर नविकरण गर्न सुचना सार्वजनिक गर्न थालेका छन । असार मसान्त भित्र नविकरण नगरे खाता फ्रिज हुने निक्षेप सदस्यहरुले उक्त सूचनामा उल्लेख गरेका छन् । मेरो शेयर १ बर्षमा र डिम्याट खाता हरेक असार मसान्तमा नविकरण गनुपर्ने हुन्छ ।

गएको १, २ वर्षदेखि धेरै नयाँ लगानिकर्ता थपिएकाले डिम्याट खाता र मेरो शेयर कसरी नविकरण गर्ने भन्ने जानकारी भएको पाइएको छैन । तर सेयर बारोवार गर्ने निक्षेप सदस्य बनेकाले प्रविधिको सहजताले घर कार्यलयबाटै नविकरण गर्न सक्नेछन् ।

यदि तपाईले मेरो सेयर लिनु भएको छ भने मेरो शेयरबाटै तपाईको मेरो शेयर र डिम्याट खाता नविकरण कहिलेसम्म गनुपर्ने थाहा पाउन सकिन्छ । जसका लागि मेरो शेयर खोलेपछि दायाँ कुनामा आफनो नाउँमा क्लिीक गरेर व्यक्तिगत विवरण र एकाउन्ट इन्फरमेसनमा गएपछि मेरो शेयर र डिम्याट खाता नविकरण गरिसक्नुपर्ने मिति देख्न सकिन्छ ।

यसरी गर्नुहोस नविकरण
शेयर लगानिकर्ताहरुले मेरो सेयर र डिम्याड खाता नविकरण गर्न निक्षेप सदस्य डिपीहरुको कार्यालय बैंक तथा वित्तिय संस्थका शाखाहरुमा गएर वा वालेट पे मार्फत सजिलै नविकरण गर्न सकिन्छ । त्यसैगरी कनेक्ट आईपिएस, इसेवा, आईएमई पे, खल्ती, प्रभु पेमार्फत नविकरण शूल्क भुक्तानी गर्न सकिने निक्षेप सदस्यहरुले सूचनानै निकालेर जानकारी दिएका छन ।

त्यसैगरी मेरो शेयरबाटै पनि खाता नविकरण गर्न सकिन्छ जसको लागि मेरो शेयरको दायाँ कुनामा आफनो नाउँमा क्लिीक गरेर व्यक्तिगत विवरण र एकाउन्ट इन्फरमेसनको दायाँ कुनामा रहेको रिन्यू एकाउण्ट बटन थिचि आएका अपसनहरु बाट पनि मेरो शेयर र डिम्याट खाता नविकरर्ण गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्