नेशनल माइक्रोफाइनान्स सातौं वर्षमा, महिला सहयात्रा गाभेर असारभित्रै एकीकृत कारोबार « Arthapath.com
१८ असार २०७८, शुक्रबार

नेशनल माइक्रोफाइनान्स सातौं वर्षमा, महिला सहयात्रा गाभेर असारभित्रै एकीकृत कारोबार



काठमाडौं । धादिङमा केन्द्रिय कार्यालय भएकाे नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ७ औं वर्षमा प्रवेश गरेको छ । नेशलनले यही असारभित्र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । महिला सहयात्रा मकवानपुरकाे चित्लाङमा केन्द्रिय कार्यालय रहेकाे संस्था हाे । यी दुबै संस्थाले ग्रामीण भेगका सर्वसाधारणकाे व्यवसायिक उत्थानमा लगानी गरिरहेका छन् ।

यी दुबै संस्थाले मर्जरको लागि राष्ट बैंकबाट अन्तिम स्वीकृति पाइसकेको छ । मर्जरपछि संस्थाको पूँजी ४२ करोड रुपैयाँ पुग्ने छ । अहिले नेशनल पूँजी ३२ करोड र महिला सहयात्राको १० करोड छ । पूँजीमात्र होइन, एकीकृत कारोबारपछि ग्राहक पहूँच पनि भारी मात्रामा बढ्ने छ । अहिले नेशनलको मात्रै ग्राहक संख्या १ लाख १४ हजार छ । महिला सहयात्राको ४४ हजार ग्राहक थपिएपछि कुल १ लाख ५४ हजार पुग्ने छ ।

लगानी रकम पनि १० अर्ब हाराहारीमा पुग्ने नेशनलका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए । अहिले नेशनलले ८ अर्ब कर्जा लगानी गरेको छ भने महिला सहयात्राले २ अर्ब लगानी गरेको छ । जिल्लागत उपस्थितिमा पनि नेशनलको विस्तार बढ्ने छ । अहिले ४७ जिल्लामा शाखा सञ्जाल रहेको नेशनलले महिला सहयात्रालाई प्राप्तीपछि ६४ जिल्लामा सञ्जाल विस्तार हुने छ ।

यी दुई संस्थाबीच स्वाप १००ः६८ अनुपातमा गाभिने सहमति भएको छ । अर्तात् महिला सहयात्राको १०० कित्ता शेयर हुनेले अब नेशनलको ६८ कित्ता शेयर पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्