निषेधाज्ञा खुकुलो भएसँगै बजार ओरालो लाग्यो, नेप्से सामान्य अंकले करेक्शन हुँदा ५ अर्बको कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

निषेधाज्ञा खुकुलो भएसँगै बजार ओरालो लाग्यो, नेप्से सामान्य अंकले करेक्शन हुँदा ५ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले करेक्शन भएको छ । लगानी गर्ने अन्य क्षेत्र विस्तारै खुकुलो हुँदै गएपछि नेप्सेमा यसको प्रभाव परेको लगानीकर्ता बताउँछन् । असार महिनामा कर बुझाउने समय भएकाले पनि नेप्सेमा करेक्शन आएको सेयर विज्ञहरुले बताएका छन् ।

२ महिनाभन्दा लामो निषेधाज्ञा सरकारले विस्तारै खुकुलो गर्दै जाँदा लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्दा नेप्सेमा यसको प्रत्यक्ष प्रभाव परेको हो । निरन्तर नयाँ उचाईमा पुगेको नेप्सेमा धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी सार्वजनिक गरेपछि यसको पनि असर देखिएको हो ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५२ अंकमा बन्द भएको छ । ३ हजार विन्दुमा पुगेको नेप्से २८ सयमा झरेको हो ।

त्यस्तै नेप्से परिसूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । दैनिक १५ अर्ब भन्दा माथिको कारोबार भएको र २० अर्ब रुपैयाँको कारोबार भएको नेप्सेमा ओरालो लाग्दै ५ अर्बमा झरेको छ । आइतबार दिनभरिमा २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार कित्ता ६० हजार पटक ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्सेमा ३ समूहको मात्रै हरियो छ भने अन्य सबै समूहमा राताम्य छाएको छ ।


प्रतिक्रिया दिनुहोस्