२६ श्रावण २०८३, मंगलबार

सवारी साधनमा जोरविजोर प्रणाली हट्यो, अब सबै सार्वजनिक यातायात चल्ने



काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो भएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) हरुको बैठकले काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोरविजोर प्रणाली हटाएको हो ।

असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन सञ्चालन गर्न पाइने भएको छ ।