नेप्सेमा १९ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे १९ लाख कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १३ प्रतिशत बोनस सेयर र बाँकी ०.६८ प्रशित नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए ।



















