जीवन विकास लघुवित्तको आईपीओ शुक्रबारसम्म बाँडफाँड गरिने, २० लाखको हात खाली ! « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

जीवन विकास लघुवित्तको आईपीओ शुक्रबारसम्म बाँडफाँड गरिने, २० लाखको हात खाली !



काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ यसै साता बाँडफाँड गरिने भएको छ । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) यस साताभित्रै बाँडफाँड गर्ने गरि तयारी थालेको हो ।

तथ्याङ्क भेरिफिकेशनको काम सकिएको र प्रिअलटमेन्ट सम्बन्धी सम्पुर्ण कामको तयारी रहेकाले यसै साता बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । प्रिअलटमेन्टको काम आज सकिएको र शुक्रबार सम्म आईपीओ बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा २० लाख ८४ हजार ७६२ जनाले ३ करोड १२ लाख ६६ हजार २६० कित्ता शेयरका लागी आवेदन दिएका छन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिनेछ । १० कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले मात्रै पाउनेछन् । आवेदन दिएकाहरुमध्ये २० लाख जनाको हात खाली हुने देखिएको छ । त्यसैले लघुवित्तको आईपीओ पाउन भाग्य कै भर पर्नुपर्ने देखिएको छ । आवेदन दिएकाहरुको भेरिफाइ गर्न बाँकि रहेकाले २१ लख ८७ हजार ८८७ जनामध्ये केही संख्या घटबढ हुनसक्छ ।


प्रतिक्रिया दिनुहोस्