मिर्मिरे लघुवित्तको ९.२० प्रतिशत बोनस शेयर डिम्याट खातामा

काठमाडौं । मिर्मिरे लघुवित्तले वित्तिय संस्थाले बोनस शेयर शेयरधनीको खातामा जम्मा गरेको छ । आज लघुवित्तले चुक्ता पूँजीको ९.२० प्रतिशत बोनस शेयरे शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।
लघुवित्तको गत चैत १८ गते सम्पन्न १० औं वार्षिक साधारण सभाले ९.२० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
गत ८ गते बुकक्लोज गरेको कम्पनिले बुकक्लोज नहुदासम्म शेयर अभौतिकीकरण (डिम्याट) गराइसकेका शेयरधनीको हितग्राही (डिम्याट) खातामा उक्त बोनस जम्मा गरिदिएके हो । बुकक्लोजपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने कम्पनिले जानकारी दिएको छ ।
त्यसैगरी लगानीकर्तालाई आफुसँग भएको शेयर अभौतिकीकरण गराउन लघुवित्तले अनुरोध गरेको छ ।लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।