एभरेष्ट बैंकको लोगो भएको झण्डा सगरमाथाको चुचुरोमा

काठमाडौं । एभरेस्ट बैंकले गत जेष्ठ १६ गतेका दिन आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको छ ।
केन्द्रिय कार्यालयमा भएको एक कार्यक्रमकाबीच सो झण्डा मिङ्मा डेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाइ हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशव राज पौडेल, आशुतोष शर्मा तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा ग्रिसमकालमा Mt K2 को सफलता पुर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाइ समेत सम्मान गरिएको छ ।
स्थापनाकालदेखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, १३५ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।