विश्व बैंकले नेपालका लागि १२ अर्ब बराबरको ऋण सहायता स्वीकृत गर्यो
काठमाडौं । विद्यालय सुधार कार्यक्रम र स्वास्थ्य पूर्वाधार निर्माणका लागि विश्व बैंकले समान ५ अर्ब ९५ करोड रुपैयाँ (५ करोड अेमरिकी डलर) बराबरको अतिरिक्त ऋण सहायतासम्बन्धी दुइ अलग अलग प्रस्ताव स्वीकृत गरेको छ । केही घण्टाअघि सम्पन्न विश्व बैंकको ‘बोर्ड आफ एक्जुकेटिभ डाइरेक्टर्स’ले उक्त ऋण सहायता स्वीकृत गरेको हो ।
विश्व बैंकको नेपाल सहित श्रीलंका र मालदिभ्स हेर्ने आवासीय निर्देशक फारिस एच जेर्भोसले गरिब तथा जोखिममा रहेका नेपालीहरुको शिक्षा र स्वास्थ्य सेवाको सुधारमा उक्त सहायता महत्वपूर्ण हुने बताए । सरकारले विद्यालय छाड्ने क्रमलाई घटाउन गरिब विद्यार्थीलाई छात्रबृत्ती दिने तथा विद्यालय खाजा कार्यक्रम सञ्चालन गर्नमा यस्तो रकम खर्चने छ ।
त्यस्तै कोभीड १९ को महामारीबाट हुने संभावित मानवीय क्षति कम गर्ने, स्वास्थय पुर्वाधारको सुदृढिकरण गर्ने र जनस्वास्थय नीतिलाई अझ प्रभावकारी बनाउने काममा पनि विश्व बैंकको सहुलियतपूर्ण सहायता उपयोग हुने विश्व बैंककै कार्यक्रम निर्देशक कार्तिका राधाकृष्णाले बताइन् । उनी विश्व बैंकको बरिष्ठ शिक्षा विज्ञ पनि हुन् ।













