एनआईसी एशिया क्यापिटलले १ अर्बको फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने
काठमाडौं । एनआईसी एशिया १० करोड इकाई फ्लेक्सी क्याप फण्ड निष्कासन गर्ने भएको छ । एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालनमा आउने एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्कानश तथा बिक्री गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
फण्डले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । योजना व्यस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । एनआईसी एशिया अन्तर्गत सञ्चालनमा आउन लागेको यस योजना बन्दमुखी योजना हो ।












