नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

काठमाडौं । नेपाल बंगलादेश बैकले किसान कुर्षि लोन कार्ड हस्तान्तरण गरेको छ । बैंकले मकवानपरुको मकवानपुगढी गांउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको हो ।
नेपाल बंगलादेश बैंक र आर एण्ड डि इनोभेटीभ सोलुसन प्रा.लि., मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समिति बीच भएको चौ–पक्षिय सम्झौता अनुसार मकवानपुरगढीे गाँउपालिकाको अध्यक्ष बिदुर हुमागाईंले किसान कृषि लोन कार्ड हस्तान्तरण गरेका हुन ।
यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका बडा नं ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ । उक्त योजना अन्र्तगत बिनाधितो, एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा पाउने छन । कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद रहित बिद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।
बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।