मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, २ जनाले पाए ११ कित्ता (रिजल्ट हेर्ने तरिकासहित)
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड गरिएको छ । । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले सोमबार बिहान ९ः३० बजे शेयर बाँडफांड गरेको हो । कम्पनीको आईपिओमा कुल १९ लाख ५४ हजार २ सय ७४ जनाबाट २ करोड ५१ लाख ३३ हजार २ सय ९० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये २ हजार ७ सय ५३ जनाको आवेदन रद्द भएको र १९ लाख ५१ हजार ५ सय २१ जना मात्रै योग्य रहेको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदकले आवेदन दिएकोले गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । ति मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख १७ हजार बढी आवेदन हात खाली भएका छन् ।
कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
आईपीओ हेर्न यहाँ क्लिक गर्नुहोलाः
https://iporesult.cdsc.com.np/
www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)













