मंगलबार थप २३९८ जनामा कोरोना संक्रमण पुष्टि, २०७८ निको भए « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

मंगलबार थप २३९८ जनामा कोरोना संक्रमण पुष्टि, २०७८ निको भए



काठमाडौं । आज मंगलबार थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षण विधिबाट १ हजार ६ सय ३९ जना र एन्टीजन विधिबाट ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ५८ हजार ७ सय ७८ जना पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २३ हजार १ सय ५ पुगेको छ ।

वितेको २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४ सय १२ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्