ओपोद्वारा एडब्ल्यूएसको छनोट थप शक्ति वर्धित, अधिक सुरक्षित मोबाइल अनुभव प्रदान गर्ने « Arthapath.com
३१ असार २०७८, बिहीबार

ओपोद्वारा एडब्ल्यूएसको छनोट थप शक्ति वर्धित, अधिक सुरक्षित मोबाइल अनुभव प्रदान गर्ने



  • ओपोको कलरओएस सञ्चान प्रणालीका लाखौँ प्रयोगकर्तालाई पावर स्टेबल, सुरक्षित र लचिलो सेवा प्रदान गर्न ओपोले एडब्लयूएसको ग्लोबल पूर्वाधारको प्रयोग गर्ने
  • ओपोको कलरओएस११ल एण्ड्रोइड ओएसका लागि अतिरिक्त सुरक्षा प्रदान गर्छ

काठमाडौं । वैश्विकरुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो कलरओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तरराष्ट्रिय प्रयोगकर्तालाई पावर ईन्ह्यान्स्ड क्लाउडमा आधारित सेवा प्रदान गर्न एमेजन वेभ सर्भिसेज् (एडब्ल्यूएस), विश्वकै अग्रणी क्लाउडको छनोट गरेको घोषणा गरेको छ । यी सेवाहरुलाई ईप्राइभेसी, सीएसए स्टार र आईएसओ ( आईएसओ/आईईसी २७००१, २७०१८, २९१५१) मार्फत प्रमाणित गरिएको छ ।

एडब्ल्यूएस मार्फत ओपोले आफ्ना प्रयोगकर्तालाई आफ्ना तस्विर, भिडियोज्, कन्ट्याक्ट्स, नोट्स लगायत आवश्यक डाटाहरु क्लाउडमा सहजै सञ्चय गर्न सुरक्षित डाटा स्टोरेज सेवा उपलब्ध गराउँछ । यो फञ्शनालिटी सपोर्ट गर्न ओपोले सिंगापोर, फ्रान्स र भारतमा रहेका एडब्ल्यूएसका ग्लोबल पूर्वाधारको प्रयोग गरी एमेजन अउरोरा र एमेजन सिम्पल स्टोरेज सर्भिस (एमेजन एसथ्री) लगायत क्लाउडमा आधारित सेवाहरु तैनातीलाई गति प्रदान गर्नेछ । ओपोको अनुपालन र सुरक्षा मुद्रामा थप सटिकता प्रदान गर्न कम्पनीले एडब्ल्यूएस क्लाउडट्रायल, एडब्ल्यूएस कि म्यानेजमेन्ट सर्भिस, एडब्ल्यूएस नेटवर्क फायरवाल। एडब्ल्यूएस सर्टिफिकेट म्यानेजर र एडब्ल्यूएस आर्टिफ्याक्ट्स लगायत एडब्ल्यूएस सेक्योरिटी सर्भिसेज् उपलब्ध गराउने जानकारी दिइएको छ ।

ओपो ईन्टरनेशनल ईन्टरनेट विजनेसका प्रबन्ध निर्देशक डेभिड कुले भने, ‘ प्रयोगकर्तालाई सर्वोत्कृष्ट प्रयोग अनुभव प्रदान गर्न तिर ओपोले सदैव आफ्नो ध्यान केन्द्रित गरेको छ । एडब्ल्यूएसको उद्योगकै अग्रणी क्लाउड क्षमताले हामीलाई क्लाउडमा आधारित आफ्ना सेवाहरु तिब्ररुपमा उपलब्ध गराउँदै विश्वभरका आफ्ना प्रयोगकर्तालाई सुलभ मोबाइल अनुभव प्रदान गर्न सघाउँछ । उपभोक्ताको सुरक्षित र सहज अनुभवको चासेलाई प्राथमिकतामा राख्दै एडब्ल्यूएसको क्लाउड सेक्योरिटी सर्भिसेज्ले ओपो उपकरणहरुमा हाम्रो स्वामित्वको कलरओस सञ्चालन प्रणालीमा डाटा गोपनियता र सुरक्षामा थप सटिकता प्रदान गर्न सघाएको छ ।’

‘विश्वमै ब्यापकरुपमा अपनाइएको क्लाउड प्ल्याटफर्म, एडब्ल्यूएसले कुनैपनि किसिमको क्लाउड वर्कलोडलाई भर्चुअल्लि सपोर्ट गर्न आफ्नो सेवा तथा सुविधा बिस्तारित गरिरहेको छ । ओपो जस्ता कम्पनीलाई गहिरो रुपमा आफ्ना ब्यापक सेवा सुविधा, उद्योगकै अग्रणी सेक्योरिटी एण्ड कम्प्लायन्स क्षमता उपलब्ध गराउँदै तिनको ब्यवसाय तथा विश्वभर रहेका उपभोक्ता माझ पुर्याउन पाउँदा हामी निकै हर्षित छौँ । एडब्ल्यूएसका साथमा ओपोले आफ्नो विश्वब्यापी ब्यवसाय तैनातीलाई विश्वभरका देशहरुमा रहेका स्थानिय अनुपालन अनुसार सुरक्षित र सटिक तवरले गति प्रदान गर्न सक्छ ।’, एडब्ल्यूएस ग्रेटर चाइनाका महा प्रबन्धक लि सियाओम्यांगले भने ।

एण्ड्रोइड ११ मा आधारित विद्यमान कलरओएस ११ ले ओपोको प्राइभेट सिष्टम, प्राइभेट सेफ र पर्सनल ईन्फरमेशन प्रोटेक्शन लगायत फिचर्स मार्फत प्रयोगकर्ताको सुरक्षा सुनिश्चितता प्रदान गर्छ । प्राइभेट सिष्टमले प्रयोगकर्तालाई एप तथा डाटा स्वतन्त्ररुपमा चल्नका लागि छुट्टै सिष्टम एकाउन्ट बनाएर सुरक्षा प्रदान गर्छ । प्राइभेट सेफ मार्फत प्रयोगकर्ताले आफ्ना महत्वपूर्ण डाटा पासवर्ड मार्फत एन्क्रिप्टेड स्पेसमा गोप्य राख्न सघाउँछ । यसले मिडियाका लागि एक्सेस माग्ने एप्सलाई ब्ल्यांक डाटा प्रेशित गरी आफ्ना ब्यक्तिगत सुचना नदिकनै एक्सेस पाउने सहुलियत उपलब्ध गराउँछ ।

‘हाम्रा विश्वभरका प्रयोगकर्तालाई एडब्ल्यूएस मार्फत सुदृढ मोबाइल अनुभव प्रदान गर्न पाउँदा हामी प्रफुल्लित छौँ’, डेभिडले थपे, ‘भविष्यमा पनि ओपोले एडब्ल्यूएसका साथमा आफ्नो सेवामा थप बढोत्तरीका लागि तथा प्रयोगकर्तालाई सुरक्षा चासो रहित प्रविधिको अनुभव प्रदान गर्न निरन्तर प्रयास जारी राख्नेछ ।’


प्रतिक्रिया दिनुहोस्