प्रविधिमैत्री बन्दै राष्ट्र बैंक, सार्वजनिक गर्यो मोबाइल एप « Arthapath.com
३१ असार २०७८, बिहीबार

प्रविधिमैत्री बन्दै राष्ट्र बैंक, सार्वजनिक गर्यो मोबाइल एप



काठमाडौं । पछिल्लो समय सरकारले डिजिटल नेपालको नारा लिएर अगाडी बढिरहेका बेला राष्ट्र बैंकले पनि मोबाइल एप सार्वजनिक गरेको छ । बैंकल आफ्ना सूचना र जानकारीहरु सुसूचीत गराउनका लागी मोबाइल एप सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले ल्याएको मोबाइल एप डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले शुभारम्भ गरेकी हुन् । अब बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्री एपबाट पनि हेर्न सकिने भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको एपले बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा गरेको हो ।

राष्ट्र बैंकका अनुसार उक्त एप हालका लागि ‘बेटा भर्सन’ मा उपलब्ध भएकाले आवश्यक सुझावका आधारमा थप परिस्कृत गरिने छ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिब सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आईओएस अपरेटिभ सिस्टममा समेत विस्तार गरिने बैंकले जनाएको छ ।

मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

https://play.google.com/store/apps/details?id=np.org.nrb&hl=en


प्रतिक्रिया दिनुहोस्