बिहिबार थप २६७६ जनामा कोरोना संक्रमण, १७५७ जना कोरोना संक्रमणमुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बिहिबार थप २६७६ जनामा कोरोना संक्रमण, १७५७ जना कोरोना संक्रमणमुक्त



काठमाडौं । आज विहिबार थप २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षण विधिबाट १७ सय ८२ र एन्टीजेन विधिबाट ८ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६ लाख ६२ हजार ५ सय ७० जना पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा १७ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोनासंक्रमणमुक्त हुनेको संख्या ६ लाख २६ हजार ४ सय ६८ जना पुगेको छ । हाल देशभर २६ हजार ६ सय ३९ जना संक्रिय संक्रमित रहेका छन ।

वितेको २४ घण्टामा थप ३३ जनाको कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ४ सय ६३ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्