आर्थिक श्वेतपत्र जारी गर्ने अर्थमन्त्री शर्माको घोषणा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने बताएका छन् । अर्थतन्त्रको पछिल्लो अवस्थालाई समेटेर श्र्वेतपत्र जारी गर्ने पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन् ।
अर्थतन्त्रको अध्ययनको चरणमा रहेकाले देशको वर्तमान आर्थिक स्थितिको वास्तविक जानकारी दिने गरि श्वेतपत्र जारी गर्ने अर्थमन्त्री शर्माले बताए । अहिले सूचकांकले देखाएको अवस्था र आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेट्ने मन्त्र िशर्माले बताए ।
यस अघि अर्थमन्त्री बन्दा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि स्वेतपत्र जारी गरेका थिए ।















