२ कार्तिक २०८३, सोमबार

एमाले उपाध्यक्ष भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजिनामा घोषणा गरेका छन् । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच विवाद चुलिदा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

रावलले यो अनैतिक राजनीतिबाट अलग हुन खोजेका बतकाएका छन् । आफू राजीनामा दिन संसद सचिवालयमा साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने उनले बताए ।