२ कार्तिक २०८३, सोमबार

अन्तत: ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

प्रम देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासन दिएपछि विश्वासको मत दिने भएका हुन् । जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ । जसपाका ३२ जना सांसद रहेका छन् ।