राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागूहुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकका अनुसार नयाँ ब्याजदरमा बचत खातामा ३ प्रतिशतदेखि ५ प्रतिशत र मुद्दति निक्षेपको व्याज न्यूनतम ५ प्रतिशत देखि अधिकतम ७.२५ प्रतिशतसम्म दिने भएको छ ।
त्यस्तै, बैंकको गत बर्षको चैत मसान्तसम्म ४.३० प्रतिशत आधारदर रहेकोमा साउनमा अधिकतम ३ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतबर्षको चैत्र मसान्तमा बैंकको ब्याजको आधारदर ४।३० प्रतिशत कायम गरेको छ ।
त्यस्तै, बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जामा न्यूनतम ८.५ प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
