समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन भोली, यसरि दिनुहोस आवेदन « Arthapath.com
४ श्रावण २०७८, सोमबार

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन भोली, यसरि दिनुहोस आवेदन



काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोली अन्तिम दिन हो । इच्छुक लगानिकर्ताले फाइनान्सको लिलामी शेयरमा भोली मंगलबार ५ बजे बैकिङ समयसम्म आवेदन दिन सक्ने छन ।

असार २९ गतेदेखि ११ लाख ३५ हजार ५ सय ५८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुल्ल गरेको थियो । उक्त शेयर कम्पनिले यसअघि पनि लिलामीमै विक्री खुला गरेको थियो पुर्ण आवेदन नपरेपछि पुन लिलामीमा विक्री खुल्ला भएको हो ।

इच्छुक लगानिकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि बोलपत्र पेश गर्न सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि न्युनतम १०० वा सो सोभन्दा बढि मुल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन ।

फाइनान्सको विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । बोलपत्रका लागि समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौंडा,पुतलीसडक,बुटवल, पोखरा र नारायणगढबाट आवेदन दिन सकिने कम्पनिले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्