सामलिङ्ग पावरले पायो १२ लाख ३० हजार कित्ता लाखको आईपीओ निष्काशन गर्ने अनुमति

काठमाडौं । सामलिङ्ग पावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीयो निष्काशन गर्ने अनुमति दिएको छ । कम्पनिले प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणलाईगरी १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आईपीयो निष्काशन गर्ने अनुमति पाएको हो ।
बोर्डबाट अनमति पाएसंगै कम्पनिले १ सय रुपैयाँ अंकित १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर जारी गर्ने छ ।
कम्पनिको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग रहेको छ ।