भारतले छिट्टै कोरोना खोप पठाउने, देउवा र मोदीबीच आज फोनवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार टेलिफोन बार्ता भएको छ । मोदीले देउवासमक्ष सकेसम्म चाँडो गरेर नेपाललाई कोभीड १९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
पररास्ट्र मन्त्रालयका अनुसार मोदीले पहिलो चरणमा सिरम इन्स्टीच्युटसँग खरीद सम्झौता भएको १० लाख मात्रा (डोज) कोभिसिल्ड खोप उपलब्ध गराउने बताएका छन् । उक्त सम्बादमा मोदीले देउवालाई शुभकामना तथा बधाई दिएको ट्वीटमार्फत् जनाएका छन् ।
मोदीले ट्वीट गर्दै भनेका छन्, ‘कोभिड १९ विरुद्ध लड्नुका साथै भारत र नेपालबीचको सहकार्यलाई अझ फराकिलो पार्दै लान हामी मिलेर काम गर्ने छौं ।’

मोदीको ट्वीपछि प्रधानमन्त्री देउवाले पनि ट्वीट गर्दै शीघ्र खोप आपूर्ति गर्ने मोदीले प्रतिबद्धता जनाएको बताएका छन् । उनले द्वीपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन आफूहरुबीच छलफल भएको बताए ।














