१ मिनेट १० सेकेन्डमै एनआईसी एशिया बैंकमा अनलाईन खाता खोलेर थापाले जितिन आईफोन १२ ,१० जनाले स्मार्टवाच

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको अनलाईन खाता खोल्ने च्यालेन्जमा सर्लाहीकी सुदिक्षा थापाले आईफोन १२ जितेकि छन । बैंकले घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ १ मिनेट १० सेकेन्डमा अनलाईन खाता खोल्ने १ जनाले ले आईफोन १२ र १८ जनाले स्मार्टवाच जित्ने योजना ल्याएको थियो ।
सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जित्न सफल भएकि छन । भने प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्नुहुने शीर्ष–१० सहभागीहरूले स्मार्टवाच जित्न सफल भएका छन । जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की रहेका छन । साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अली रहेको बैंकले जनाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको सहज अनलाईन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढि गा्रहकहरुले खाता खोलेका छन । प्रतियोगिताका सम्पूर्ण विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त अनलाईन खाता खोल्ने योजना २०७८ जेठ २३ देखि अषाढ १९ गतेसम्म संचालन भएको थियो । बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।