सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दा लम्बियो, पुग्यो पूर्ण इजलासमा (पूर्णपाठसहित)
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सामाजिक सुरक्षा कोष विरुद्द दायर गरेको रिटमा पुर्ण इजलासमा गएको छ । सामाजिक सुरक्षा कोष विरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले प्रारम्भिक बहस पश्चात पुर्ण इजलासमा पुगेको हो ।
पाँच दिनको सुनुवाइपछि आइतबार न्यायाधिसहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा पुगेको हो ।
कर्मचारीले सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउनु पर्ने भन्दै माग गरेका थिए । तर केसीले अन्तरिम आदेश दिने भनेतापनि श्रेष्ठले आदेश दिन नमानेका कारण मुद्दा पूर्ण इजलासमा पुगेको हो ।


















