सांग्रीला बैंकको बैकिङ्ग सेवा सम्वन्धि जानकारी « Arthapath.com
२१ असार २०८२, शनिबार

सांग्रीला बैंकको बैकिङ्ग सेवा सम्वन्धि जानकारी



काठमाडौं । कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपालमा समेत यसको प्रभाव वढ्दै गैरहेकोले उक्त कोरोना भाईरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गर्ने निर्णय गरे सँगै यस डेभलपमेन्ट बैंकले हाम्रा ग्राहक महानुभावहरुमा दिदै आएको सेवामा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै यस बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी वैकिङ्ग सेवा लिनुहुन हाम्रा सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गरिएको जानकारी गराइन्छ ।

वर्तमान अवस्थाले ग्राहक महानुभावरहरुलाई यस डेभलपमेन्ट बैंकबाट प्राप्त हुने सेवामा कठिनाई हुने तर्फ यस डेभलपमेन्ट बैंक सजग रहेको व्यहोरा सम्पूर्ण ग्राहक महानुभावहरुलाई जानकारी गराउँदै यस विशम परिस्थितिमा यस डेभलपमेन्ट बैंकका आदरणीय ग्राहक महानुभावहरुमा आधारभुत बैकिङ्ग सेवा सम्वन्धि कुनै कठीनाई भएमा देहाय बमोजिमको सम्पर्क नं. मा सम्पर्क गरी यस डेभलपेन्ट बैंकबाट प्रदान हुने आधारभुत बैंकिङ्ग सम्बन्धी सेवाका बारेमा जानकारी लिनुहुन यसै विज्ञप्ती मार्फत अनुरोध छ ।


प्रतिक्रिया दिनुहोस्