सुन तोलामा ३ सयले घट्यो

काठमाडौं । आज बुधबार सुनको मूल्य तोलामा ३ सयले घटेको छ । आज सुन तोलामा ३ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार र तेजावी ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३०० र तेजावी ९१ हजार ८०० रुपैयाँ र चाँदी १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।