एनएमबि बैंकले ल्यायो ८.५ प्रतिशत ब्याजमै घर कर्जा,५ वर्षसम्म ब्याजदर स्थिर « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

एनएमबि बैंकले ल्यायो ८.५ प्रतिशत ब्याजमै घर कर्जा,५ वर्षसम्म ब्याजदर स्थिर



काठमाडौँ । एनएमबि बैंक लिमिटेडले पाँच वर्षका लागि एउटै ब्याजदरमा होम लोन दिने भएको छ । बैंकले प्रतिवर्ष ८.५० प्रतिशतमा फिक्स्ड ब्याजदरले घर कर्जा प्रवाह गर्न लागेको हो ।

५ वर्षसम्म एउटै ब्याजदरमा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना ल्याएको बैंकले जनाएको छ । फिक्स्ड दर बाहेक बैंकले घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रतिवर्ष ७.९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको छ ।

एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्