कोरोना निको हुनेभन्दा संक्रमितको संख्या दोब्बर, २२ जनाको मृत्यु हुँदा ३, ६५१ जना संक्रमित थपिए « Arthapath.com
२० असार २०८२, शुक्रबार

कोरोना निको हुनेभन्दा संक्रमितको संख्या दोब्बर, २२ जनाको मृत्यु हुँदा ३, ६५१ जना संक्रमित थपिए



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ७ लाख १७ हजार ४८६ जना पुगेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु् हुनेको कूल संख्या १० हजार ११५ जना पुगेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ७८४ जना रहेको छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ जना रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्