१९ कार्तिक २०८३, बिहिबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ल्यायो महालक्ष्मी बाल बचत बीमा योजना, यस्ता छन विशेषताहरु ?



काठमाडौ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले महालक्ष्मी बाल बचत बीमा योजना सार्वजनिक गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना विक्रि वितरणको लागि सुभारम्भगरेका हुन ।

उक्त बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिना देखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भै सके पछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण गर्न मिल्ने इन्स्योरेसले जनाएको छ ।

यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविश्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम सते पाउने छन । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५५ बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५५ बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा पाउने छन ।