राष्ट्रिय वाणिज्य बैंकको मुख्य सूचकमा सामान्य गिरावट, वितरणयोग्य मुनाफामा छलाङ, कारण के हो ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

राष्ट्रिय वाणिज्य बैंकको मुख्य सूचकमा सामान्य गिरावट, वितरणयोग्य मुनाफामा छलाङ, कारण के हो ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको गत आसर्थक बर्षका चौथो त्रैमासमा खुद नाफा १३.२९ प्रतिशत घटेर ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैंया खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १२.४७ प्रतिशत घटेर ८ अर्ब २४ करोड ३९ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ४४ करोड ८४ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी घटेको थियो ।

यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ ।

समिक्षा अवधिमा बैंकको कुल संचालन आम्दानी ८.७५ प्रतिशत घटेर ९ अर्ब ७६ करोड १६ लाख ३० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा बैंकको सञ्चालन मुनाफा १० अर्ब ६९ करोड ८२ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

गत आवको असार मसान्तसम्म बैंकको संचालन नाफा १४.१६ प्रतिशत घटेर ५ अर्ब ९ करोड ८१ लाख १ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ९३ करोड ९६ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

गत असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९१० प्रतिशत बढेर ४ अर्ब ५२ करोड २४ लाख २८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.१० प्रतिशत बढेर १० अर्ब १८ करोड ४८ लाख ९१ हजार रुपैयाँ, जगेडा कोष १४ प्रतिशत बढेर १५ अर्ब ११ करोड ८१ लाख ७३ हजार रुपैयाँ, निक्षेप १४.४५ प्रतिशत बढेर २ खर्ब ६४ अर्ब ७ करोड ७१ लाख ३३ हजार रुपैयाँ र खुद कर्जा तथा सापट २५ प्रतिशत बढेर २५ बढेर १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

गत बर्षको असार मसान्तसम्म बैैंंकको शेयरधनी कोष ७ अर्ब १५ करोड रुपैयाँ बढेर ३० अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने बैंकको कुल सम्पत्ति ४४ अर्ब रुपैंयाले बढेर ३ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुँजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी ४१.३२ रुपैयाँ रहेको छ ।

आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्