नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी १०.१२ रुपैयाँ « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी १०.१२ रुपैयाँ



काठमाडौं । नेपाल एसबिआई बैंकको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ३८ प्रतिशत घटेर ९६ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही वविधिमा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एसबिआई बैंकको ब्याज आम्दानी १ अर्ब १६ करोड रुपैयाँ अर्था २९ प्रतिशतले घटेर गतवर्ष एसबिआई बैंकले २ अर्ब ८६ करोड रुपैयाँ ब्याज आम्दानीबाट गरेको छ । अघिल्लो आवमा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड चुक्ता पूँजी रहेको छ । एसबिआई बैंकको असार मसान्तसम्ममा निक्षेप १ खर्ब ४ अर्ब छ भने कर्जा ९६ अर्ब छ । अघिल्लो वर्षको असार मसान्तमा एसबिआई बैंकमा १ खर्ब १० अर्ब निक्षेप थियो भने कर्जा ८९ अर्ब थियो ।

पूँजीकोष अनुपात १३.९३ प्रतिशत रहेको एसबिआई बैंकको खराब कर्जा अनुपात ०.२३ प्रतिशत छ । यस्तै ७.३७ प्रतिशत बेसरेट रहेको एसबिआई बैंकको स्प्रेड ३.८७ प्रतिशत छ ।

बैंकले फी, कमिसन तथा छुटजस्ता आम्दानी भने करिव २७ प्रतिशतले बढाएर ९९ करोड ४० लाख रुपैयाँ गरेको छ । बैंकको प्रोभिजनिङ ३७ प्रतिशतले बढेर २७ करोड २७ लाख रुपैयाँ पुगेको छ । यसबीचमा कुल ऋण ९६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ

बैंकको प्रतिशेयर आम्दानी १०.१२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४०.४१ गुणा छ ।


प्रतिक्रिया दिनुहोस्