सनराइज बैंकको ३ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा गत हप्ताको शुक्रबार र शनिबार बैंकले लुम्बिनी प्रदेश, बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.०३ नौबस्तामा ८५ औं र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ०९, चेतनगर विर्तामा ८६ औं क्रमश शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको थियो ।
साथै आइतबार बैंकले प्रदेश २, सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ५ लडकन्हामा ८७ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८७ पुगेको छ ।
बैंकले सेवा सञ्चालनका लागी नौवस्ताका राम सिंह थारु, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिर कुमार साहलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बंैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८७ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।